सोमबार, जेठ २७, २०८२

टेलिकमले बाँड्यो प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

काठमाडौं- नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बिहीबार राजधानीमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७८-०७९ को मुनाफाबाट प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।

साधारणसभाले पारित गरेबमोजिमको लाभांश रकम बिहीबारदेखि नै एनएमबि बैंकमार्फत सर्वसाधारण सेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। साधारणसभाले आर्थिक वर्ष २०७८-०७९ को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८-०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ।


प्रकाशित: Jan 12, 2023| 18:25 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्