सोमबार, जेठ २७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • डिजी पेमा आबद्ध व्यवसायीले सुपथ मूल्यमा डिजिटल मार्केटिङ गर्न पाउने

डिजी पेमा आबद्ध व्यवसायीले सुपथ मूल्यमा डिजिटल मार्केटिङ गर्न पाउने

डिजी पे प्रालि र २१st टेक प्रालिबीच विशेष सहकार्य गर्ने सम्झौता भएको छ। डिजी पे प्रालि ले आफ्नो बजार र सेवा विस्तार गर्ने योजनाअन्तर्गत बानेश्वरस्थित सामाजिक सञ्जालको डिजिटल मार्केटिङ तथा वेबसाइट र एप बनाउने एक उत्कृष्ट संस्थासँग सहकार्य गर्ने सम्झौता गरेको छ।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

काठमाडौं- डिजी पे प्रालि र २१st टेक प्रालिबीच विशेष सहकार्य गर्ने सम्झौता भएको छ। डिजी पे प्रालि ले आफ्नो बजार र सेवा विस्तार गर्ने योजनाअन्तर्गत बानेश्वरस्थित सामाजिक सञ्जालको डिजिटल मार्केटिङ तथा वेबसाइट र एप बनाउने एक उत्कृष्ट संस्थासँग सहकार्य गर्ने सम्झौता गरेको छ।

यस सहकार्यअन्तर्गत डिजी पेले ल्याएको व्यावसायआबद्ध योजनाअन्तर्गत यसमा आबद्ध हुने सम्पूर्ण व्यावसायीहरुले डिजिटल मार्केटिङबाट आफ्नो बजार विस्तार गर्न सक्नेछन्।

यस टेक प्रालिको सौजन्य ३०,००० रुपैयाँ पर्ने प्रिमियम प्याकेज मात्र १५,००० रुपैयाँमा गर्न सकिने बताइएको छ। साथै वेबसाइट र एप तथा अन्य विभिन्न सेवा आफ्नो व्यावसायिक आवश्यकताअनुसार, ५०% सम्मको छुटमा बनाउन सकिनेछ। टेक प्रालिका प्रमुख कार्यकारी अध्यक्ष निलिमा दाहालका अनुसार यस सहकार्यले सबै डिजी पेमा आबद्ध व्यावसायीलाई आफ्नो सेवा तथा सामानको जानकारी गर्ने अवसर तथा व्यावसायिक लाभ हुने बताइन्। र यस्तो नौलो र विशेष सहकार्यमा आबद्ध हुन पाउनुमा खुशी व्यक्त गरिन्।

उनका अनुसार यस सहकार्यले स्थानीयस्तरमा प्रत्यक्ष बजार विस्तार तथा व्यावसायिक उपलब्धि हुन सक्नेछन्। त्यस्तै डिजी पेका अध्यक्ष श्री दिवाकर बहादुर पाण्डेले यस टेक प्रालिजस्तो एक प्रतिष्ठित संस्थासँग सहकार्य गरी आफ्ना व्यवसायीलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण भएको बताए।

उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यसअन्तर्गत डिजिटल मार्केटिङ क्षेत्रलाई पनि आबद्ध गर्नसक्नु विशेष उपलब्धि भएको उनको भनाइ थियो। यसैगरी अरू पनि विभिन्न संस्थाहरुसँग पनि सहकार्य गरी आफूसँग सम्बन्धित व्यवसायी तथा ग्राहकलाई थप अफर तथा सुविधाहरू दिने योजना रहेको उनले बताए। 

सम्झौतापत्रमा उक्त टेक प्रालिका प्रमुख कार्यकारी अध्यक्ष दाहाल र डिजी पेका अध्यक्ष पाण्डेले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा टेक प्रालि र डिजी पेका विभिन्न व्यक्तित्वहरु पनि उपस्थित थिए।


प्रकाशित: Jan 12, 2023| 18:12 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्