काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४१.०२ अंकले ओरालो लागेर २ हजार १४९. ४१ मा सीमित भएको हो।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.८९ अंकले ओरालो लागेर ४११.२५ मा सीमित भएको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये १२ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ भने एक उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ।
बिहीबार कारोबार भएकामध्ये २१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ। यस्तै, १८४ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा एक कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन। कुल १ करोड ४४ लाख ८२ हजार ९५९ कित्ता सेयर ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७२४ मूल्यमा खरिद बिक्री भए।
बिहीबार बजार पुँजीकरण ३१ खर्ब ३ अर्ब १५ करोड ६९ लाख ४७ हजार ६२५ बराबर रहेको छ। नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको २२ करोड २० लाख १२ हजार १३१ बराबरको कारोबार भयो।
रिडी पावर कम्पनी १७ करोड ८३ लाख १० हजार ८२२, ङादी पावर कम्पनी १६ करोड ९४ लाख २० हजार ६७०, अपि पावर कम्पनी १४ करोड ४ लाख ४५ हजार ८०० र माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी १२ करोड ८४ लाख ९९ हजार ९२३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए।
नेप्सेका अनुसार कुमारी धनवृद्धि योजना, सिंगटी हाइड्रो इनर्जी र बाराही हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। त्यस्तै, एनआइबीएल समृद्धि फण्ड दोस्रो ९.३० र मध्य भोटेकोसी जलविद्युत् कम्पनीका लगानीकर्ताले ७.६१ प्रतिशतले कमाएका छन्।
त्यस्तै, गुराँस लघुवित्त ९.१८, कालिका पावर कम्पनी ८.४८, बलेफी हाइड्रोपावर ७.४४, स्वाभिमान लघुवित्त ७.३१ र खप्तड लघुवित्तको सेयर मूल्य ७.३० प्रतिशतले घटेको छ।