सोमबार, जेठ २७, २०८२

चार लघुवित्तले गरे लाभांश घोषणा

चार वटै कम्पनीले गत वर्षको तुलनामा लाभांश दर घटाएका हुन्।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

काठमाडौं– चार लघुवित्त वित्तीय संस्थाले लाभांश वितरणको घोषणा गरेका छन्। बिहीबार एनएमबी लघुवित्त, स्वरोजगार लघुवित्त, स्वावलम्बन लघुवित्त र छिमेक लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका हुन्। 

स्वरोजगार लघुवित्तले यस वर्ष हाल कायम चुक्ता पुँजी ५१ करोड ४० लाख ९९ हजार १२१ रुपैयाँको २३.१५ प्रतिशत लाभांश दिने भएको छ।कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकल सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.१५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। गत वर्ष कम्पनीले २५ प्रतिशत बोनस वितरण गरेको थियो।

स्वावलम्बन लघुवित्तले यस वर्ष २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड २१ लख ७० हजार रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो। गत वर्ष कम्पनीले १९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो।

यसैगरी छिमेक लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई २५.२६ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लख रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो। गत वर्ष कम्पनीले २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गरेको थियो। 

एनएमबी लघुवित्तले यस वर्ष १०.५२ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । 

हाल कम्पनीको चुक्ता पुँजी ६५ करोड ५८ लाख ६२ हजार ८६२ रुपैयाँ छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो। गत वर्ष भने कम्पनीले २१.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद गरी कुल २२.६३ प्रतिशत लाभांश दिएको थियो।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र कम्पनीहरूको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्। चार वटै कम्पनीले लाभांश दर गत वर्षको तुलनामा घटाएका छन्।

प्रकाशित: Jan 12, 2023| 18:15 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्