सोमबार, जेठ २७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंक सञ्चालक समिति सदस्यको हैसियतमा अर्थसचिव रायले लिए सपथ

राष्ट्र बैंक सञ्चालक समिति सदस्यको हैसियतमा अर्थसचिव रायले लिए सपथ

राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

काठमाडौं– अर्थ मन्त्रालयका सचिव तोयम रायले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ लिएका छन्। बिहीबार सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा कामु प्रधानन्यायाधीश कार्कीले उनलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।

राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव उक्त बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ। सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष सपथ लिनुपर्ने व्यवस्था छ।

सपथ कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, रजिस्ट्रार, राष्ट्र बैंकका निर्देशक एवं सञ्चालक समिति सचिव मुक्तिनाथ सापकोटालगायत उपस्थित थिए।

प्रकाशित: Jan 12, 2023| 15:34 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्