सोमबार, जेठ २७, २०८२

लक्ष्मी बैंकको २२औं वार्षिक साधारणसभा सम्पन्न

लक्ष्मी बैंक लिमिटेडको बाइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बहिबार काठमाडौंमा बैंकको साधारणसभा भएको हो।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

काठमाडौं- लक्ष्मी बैंक लिमिटेडको बाइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बहिबार काठमाडौंमा बैंकको साधारणसभा भएको हो। साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ।

साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ। आ.व. २०७८/७९ मा १३९ अर्ब रुपैयाँ निक्षेप र १३२ अर्ब रुपैयाँ कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार १७३ अर्ब रुपैयाँ रहेको छ। सो आ.व.मा बैंकले १ अर्ब ५१ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ।


प्रकाशित: Jan 12, 2023| 14:14 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्