सोमबार, जेठ २७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • माछापुच्छ्रे बैंकले ल्यायो एसएमएस प्रमाणीकरण प्रविधि

माछापुच्छ्रे बैंकले ल्यायो एसएमएस प्रमाणीकरण प्रविधि

डिजिटल बैंकिङ क्षेत्रमा नयाँ आयामहरु थप गर्दै आएको माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप एमबीएल एम स्मार्टलाई अझ बढी सुरक्षित र भरपर्दो बनाउने उद्देश्यका साथ नयाँ प्रविधि थप गरेको छ।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

काठमाडौं- डिजिटल बैंकिङ क्षेत्रमा नयाँ आयामहरु थप गर्दै आएको माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप एमबीएल एम स्मार्टलाई अझ बढी सुरक्षित र भरपर्दो बनाउने उद्देश्यका साथ नयाँ प्रविधि थप गरेको छ।

पछिल्लो समय मोबाइल बैंकिङ एप मार्फत देखिएका विभिन्न शंकास्पद गतिविधिहरु र अनाधिकृत कारोबारहरु कम गर्न र ग्राहकलाई सुरक्षित राख्न आफ्नो मोबाइल बैंकिङ एप एमबीएल एम स्मार्टमा नेपाल मै पहिलोपटक उच्च सुरक्षा सतर्कताका साथ एसएमएस प्रमाणीकरण प्रविधि थप गरेको बैंकले जनाएको छ।

मोबाइल बैंकिङमा हाल ओटीपी सेयर मार्फत सबैभन्दा धेरै अनाधिकृत कारोबारहरु भइरहेको पाइएको बैंकको भनाइ छ। विभिन्न लक्की ड्र, ठूलो रकमको चिठ्ठा परेको लगायतका प्रलोभन देखाएर आफ्नो मोबाइलमा प्राप्त हुने ओटीपी सेयर गर्न लगाई ह्याक्रहरुले ठूलो मात्रामा अनाधिकृत कारोबारहरु गरिरहेको पाइएको अहिलेको समयमा उक्त समस्यालाई रोक्नका लागि आफ्ना्े एपमा नयाँ प्रविधिको सुरुवात गरेको बैंकले जनाएको छ।

बैंकले यस प्रविधिको सुरुवात गरेसँगै ग्राहकबाट ओटीपी प्राप्त गरी मोबाइल बैंकिगमा पहुँच प्राप्त गर्ने सम्भावना बन्द भएको छ। बैंकले यो सेवा थप गरेसँगै बैंकका ग्राहकहरुको मोबाइल बैंकिङ सेवा थप सुरक्षित र भरपर्दो बन्न पुगेको छ।

स्मार्ट बैंकको रुपमा बैंकले आफ्ना ग्राहकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यमहरु प्रदान गर्दै आएको र विभिन्न बैंकिङ सुविधाहरु प्राप्त गर्न बैंकको कार्यालय सम्म पुग्नै नपर्ने गरी सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ।


प्रकाशित: Jan 12, 2023| 14:05 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्