आइतबार, साउन १२, २०८२

नेपाल आइन् बलिउड अभिनेत्री मलाइका अरोरा

नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको फेसन रनवे शोमा भाग लिन मलाइका नेपाल आएकी हुन्।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

काठमाडौं– बलिउड अभिनेत्री तथा टेलिभिजन पर्सनालिटी मलाइका अरोरा काठमाडौं आइपुगेकी छन्। नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको फेसन रनवे शोमा भाग लिन मलाइका नेपाल आएकी हुन्।

बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी मलाइकाले नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै निम्तोका लागि धन्यवाद दिइन्। यसअघि पनि नेपाल आएकी उनले यस पटकको बसाइमा नेपालबारे थप बुझ्ने इच्छा रहेको सुनाइन्।

मलाइकाले नेपाली गहना र फेसन लगाउने अवसर पाउँदा निकै हर्षित भएको बताइन्। संघले नेपाली रत्न तथा आभूषणलाई विश्वमाझ चिनाउने उद्देश्यले तीन दिने एक्स्पो आयोजना गर्दै छ।

बिहीबार बेलुका हुने एक्स्पोको फेसन रनवेमा मलाइका सो स्टपर हुनेछन् भने नेपाली मोडलले र्‍याम्प नाप्नेछन्। तीन दिनसम्म चल्ने एक्स्पोमा सर्वसाधारणलाई निःशुल्क प्रवेश व्यवस्था छ।

प्रकाशित: Jan 12, 2023| 12:35 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।