डोटी- घाँट काट्न गएकी २१ वर्षीया एक युवतीको भीरबाट लडेर मृत्यु भएको छ। डोटीको शिखर नगरपालिका –१ की २१ वर्षीया अमिशा शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार दिउँसो घर नजिकै जंगलमा घाँस काट्न जाने क्रममा भीरबाट लडेर मृत्यु भएको प्रहरीको भनाइ छ।
मृत्यु भएकी युवति अमिशा कैलालीको धनगढी हसनपुरस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा स्नातक प्रथम बर्षमा अध्ययनरत थिइन्। जाडो बिदा भएपछि उनी आफ्नो जन्मघर डोटी गएकी थिइन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।