काठमाडौं- काठमाडौं उपत्यकासहित आज आसपासका जिल्लाको मौसम सामान्यतया सफा रहने अनुमान छ। काठमाडौं उपत्यकामा बिहान बेलुकी चिसो भए पनि दिउँसो घाम लागेसँगै गर्मी हुन थालेको छ।
बिहानको काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। आज सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ। यी प्रदेशमा मौसम बदली भइरहे पनि पानी भने पर्न सकेको छैन।
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नहुँदा देशभर नै पानी पर्न सकेको छैन। आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुमान गरिएको मौसमविद् विनु महर्जनले जानकारी दिए। उनका अनुसार अहिले तराईका जिल्लामा बाक्लो हुस्सु कुहिरो छ। दिउँसो पछि हट्ने अनुमान गरिएको छ।