सोमबार, साउन १३, २०८२

ब्राउन सुगरसहित सुर्खेतबाट एक जना पक्राउ

सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले बुधबार वीरेन्द्रनगर–१० एकान्त नगर टोलबाट एक जनालाई प्रकाउ गरेको हो।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले बुधबार वीरेन्द्रनगर–१० एकान्त नगर टोलबाट एक जनालाई प्रकाउ गरेको हो।

कर्णाली प्रदेश लागू औषध ब्यूरो शाखा र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको सयुक्त प्रहरी टोलीले वीरेन्द्रनगर–१० एकान्त नगर टोलबाट शंकाष्पद अवस्थामा हिडिरहेको समयमा जुम्ला चन्दनाथ नगरपालिका–५ का १८ वर्षीया सौरव श्रेष्ठलाई प्रकाउ हो। श्रेष्ठ वीरेन्द्रनगर–१० मा घरभाडामा बस्दै आएका छन्।

उनलाई चेक जाँच गर्दा ७७० मिलिग्राम लागूऔषध (ब्राउन सुगर) जस्तो देखीने खैरो धुलो पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

यस्तै, लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थको मुल्य ६६ हजार ७२० रहेको छ।

उनको साथबाट एक डिजिटल तराजु, दुई स्क्रिन टच मोबाईल र एक सादा मोबाईल बरामद गरेको। यस्तै, मेगराज बि.क. लाई पनि नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 12, 2023| 07:02 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।