सोमबार, जेठ २७, २०८२

डिपोजिटको ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

बैंक तथा वित्तीय संस्थामा तरलताको स्थितिमा सुधार हुँदै गएपछि संघले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो।
 |  बुधबार, पुस २७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २७, २०७९

काठमाडौं- नेपाल बैंकर्स संघले मुद्दति निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ। संघको बुधबार बसेको बैठकले माघमा मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशतमा झार्ने निर्णय गरेको हो। यसअघि मुद्दति निक्षेपको ब्याजदर १२.३३ प्रतिशत थियो। 

बैंक तथा वित्तीय संस्थामा तरलताको स्थितिमा सुधार हुँदै गएपछि संघले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो। कर्जाको ब्याजदर महँगो भएको भन्दै उद्योगी व्यवसायीले विरोध गर्दै आएका छन्। अहिले वाणिज्य बैंकबाट ऋण लिँदा १५–१६ प्रतिशतसम्म ब्याजदर तिर्नुपरेको उनीहरूको गुनासो छ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम तरलताको स्थिति सुधारोन्मुख छ। राष्ट्र बैंकका अनुसार सोमबारसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप रकम ५३ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ भने कूल कर्जा रकम ४७ खर्ब ७८ अर्ब रुपैयाँ छ। 

कर्जा निक्षेप अनुपात ८६.६५ प्रतिशत छ। यो अनुपात ९० प्रतिशत हुँदासम्म ऋण दिन पाइने सीमा छ। 


प्रकाशित: Jan 11, 2023| 20:05 बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्