सोमबार, जेठ २७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • शिवम् सिमेन्टको उपहार योजना : पहिलो चरणको लक्की ड्र सम्पन्न

शिवम् सिमेन्टको उपहार योजना : पहिलो चरणको लक्की ड्र सम्पन्न

शिवम् सिमेन्टले ‘शिवम्‌सँग उपहार टन्न’ योजना अन्तर्गत पहिलो चरणको विजेता घोषणा गरेको छ। लक्की ड्र मार्फत पहिलो महिनाका विजेताहरु घोषणा गरिएको कम्पनीले जनाएको छ।
 |  बुधबार, पुस २७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २७, २०७९

काठमाडौं- शिवम् सिमेन्टले ‘शिवम्‌सँग उपहार टन्न’ योजना अन्तर्गत पहिलो चरणको विजेता घोषणा गरेको छ। लक्की ड्र मार्फत पहिलो महिनाका विजेताहरु घोषणा गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार उपभोक्ता तर्फ ३० जना र बिक्रेता तर्फ ४० जना गरी ७० जना विजेताहरुको नाम सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

शिवम् सिमेन्टले १८ मंसिरदेखि देशभर “शिवम्सँग उपहार टन्न” नामक नेपालकै सर्वाधिक धनराशीको उपहार योजना सञ्चालन गरेको थियो। जस अन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गरी २०० देखि ५०० रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो भने सोही कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखी मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाएको थियो। यस योजनामा छोटो समयमै ग्राहकहरुको उल्लेख्य संख्यामा सहभागिता रहेको कम्पनीको भनाइ छ।

पहिलो लक्की ड्र कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्कार बाग्मती–पोखरा क्षेत्रबाट राजकुमार घिसिङ र उपत्यका बाहिरबाट फेवा कन्ष्ट्रक्सनका दुई भाग्यशाली जोडीले थाइल्यान्ड भ्रमण अवसर प्राप्त गरेका छन्।

दोस्रो पुरस्कार अन्तर्गत सुदीप कार्की, कविता श्रेष्ठ, बाबुराम घिमिरे तथा समानन्तर निर्माण सेवाका ४ जोडी विजेताले हेलिटुर पुरस्कार वापत जितेका छन।


प्रकाशित: Jan 11, 2023| 17:57 बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्