सोमबार, जेठ २७, २०८२

एनआईसी एसियाले सञ्चालनमा ल्यायो क्यास डिपोजिट मेसिन

क्यास डिपोजिट मेसिनबाट भौचर नभरी खाता र मोबाइल नम्बरका आधारमा खातामा रकम जम्मा गर्न सकिने बैंकले बताएको छ।
 |  बुधबार, पुस २७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २७, २०७९

काठमाडौं– एनआईसी एसिया बैंकले क्यास डिपोजिट मेसिन (सिडिएम) सञ्चालनमा ल्याएको छ। क्यास डिपोजिट मेसिनबाट भौचर नभरी खाता र मोबाइल नम्बरका आधारमा खातामा रकम जम्मा गर्न सकिने बैंकले बताएको छ।  

मुलुकका विभिन्न स्थानमा १० वटा मेसिन सञ्चालनमा ल्याएको बैंकले जनाएको छ। काठमाडौंस्थित न्युरोड विशालबजार शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखा, रजिस्टर्ड अफिस (थापाथली) शाखामा मेसिन सञ्चालनमा ल्याइएको छ।

रुपन्देहीस्थित बुटवल शाखा, कास्कीस्थित पोखरा महेन्द्रपुल शाखा, कैलालीस्थित धनगढी चौराहा शाखा, मोरङस्थित विराटनगर शाखा र पर्सास्थित वीरगञ्ज शाखामा पनि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको बैंकले बताएको छ। उक्त मेसिनमा ५०० र १०० दरका नोटरू गरी एक पटकमा अधिकतम ९९ हजार ५०० र दैनिक अधिकतम ९ लाख ९९ हजार ५०० रुपैयाँसम्म जम्मा गर्न सकिने बैंकले जनाएको छ। 

रकम जम्मा गर्दा खातावाला वा अन्य व्यक्तिले सो मेसिनमा ट्याप गरी बचतकर्ताले उक्त मेसिनमा आफ्नो मोबाइल नम्बर र खाता नम्बर उल्लेख गरेपछि निजको मोबाइलमा अस्थायी पासवर्ड (ओटिपी) कोड प्राप्त हुनेछ।

बचतकर्ताले उक्त कोड क्यास डिपोजिट मेसिनमा टाइप गरेपछि उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद राखेपछि रकम गनेर खातामा जम्मा गर्नासाथ क्यास स्लिप अथवा मोबाइलमा डिपोजिट भएको जानकारी प्राप्त हुनेछ।

प्रकाशित: Jan 11, 2023| 16:04 बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्