सोमबार, जेठ २७, २०८२

तीन सेयर ब्रोकर कम्पनीमाथि बोर्डको कारबाही

बोर्डले सनी सेक्युरिटिज (ब्रोकर–४२), इम्पेरियल सेक्युरिटिज (ब्रोकर–४५) र त्रिशूल सेक्युरिटिज कम्पनी (ब्रोकर–२९) लाई कारबाही गरेको हो।
 |  बुधबार, पुस २७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २७, २०७९

काठमाडौं– नेपाल धितोपत्र बोर्डले तोकिएको समयमा विवरण नबुझाउने तीन वटा सेयर ब्रोकर कम्पनीमाथि कारबाही गरेको छ। बोर्डले सनी सेक्युरिटिज (ब्रोकर–४२), इम्पेरियल सेक्युरिटिज (ब्रोकर–४५) र त्रिशूल सेक्युरिटिज कम्पनी (ब्रोकर–२९) लाई कारबाही गरेको हो।

नियमित रुपमा त्रैमासिक आर्थिक प्रतिवेदन पेस नगर्ने तीन वटा कम्पनीलाई कारबाही गरिएको बोर्डले बताएको छ। बोर्ड सञ्चालक समिति बैठकले २४ पुसमा तीन वटै धितोपत्र दलाल व्यवसायीलाई कारबाही गर्ने निर्णय गरेको हो।

बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ (२) अनुसार सनी सेक्युरिटीजलई १० हजार रुपैयाँ जरिमाना गरेको छ। यस्तै, इम्पेरियल सेक्युरिटिज र त्रिशूल सेक्युरिटिजलाई ७५–७५ हजार जरिमाना गर्ने निर्णय भएको छ। 

केयर रेटिङ्सलाई स्पष्टीकरण

धितोपत्र बोर्डले नियम विपरीत क्रेडिट रेटिङ गरेको पुष्टि भएसँगै केयर रेटिङ्स नेपाललाई कारबाही गर्ने भएको छ। स्वार्थ बाझिने गरी रेटिङ कम्पनीकै सेयरधनी रहेका कम्पनीको रेटिङ गरेपछि बोर्डले केयर रेटिङ्स नेपाललाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको हो।

कम्पनीलाई क्रेडिट रेटिङ नियमावली २०६८ विपरीत गरेको रेटिङ किन रद्ध नगर्ने तथा केयर रेटिङ्स नेपालको अनुमतिपत्र किन निलम्बन नगर्ने  भनी स्पष्टीकरण पेस गर्न सूचित गरिएको छ।

प्रकाशित: Jan 11, 2023| 17:15 बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्