सोमबार, साउन १३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • रुकुमपूर्वका विपन्न नागरिकलाई निःशुल्क कानुनी सहायता

रुकुमपूर्वका विपन्न नागरिकलाई निःशुल्क कानुनी सहायता

सेवाशुल्कबापतको पैसा आफैंले तिरेर कानुनी लडाइँ लड्न नसक्नेलाई लक्षित गरेर १ कात्तिकदेखि जिल्लाभरका नागरिकलाई कानुनी सेवा दिन सुरु गरिएको हो।
 |  बुधबार, पुस २७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २७, २०७९

रुकुमपूर्व– रुकुमपूर्वका विपन्न नागरिकका लागि निःशुल्क कानुनी सहायता सेवा सुरु भएको छ। सेवाशुल्कबापतको पैसा आफैंले तिरेर कानुनी लडाइँ लड्न नसक्नेलाई लक्षित गरेर १ कात्तिकदेखि जिल्लाभरका नागरिकलाई कानुनी सेवा दिन सुरु गरिएको हो।

वार्षिक ४० हजारभन्दा कम आम्दानी हुने विपन्न नागरिकलाई लक्षित गरी यो सेवा सञ्चालनमा रहेको जिल्ला कानुनी सहायता अधिकारी अधिवक्ता मधुकर पाण्डेले जानकारी दिए। सेवाशुल्क तिरेर मुद्दा लड्न नसक्ने नागरिकलाई लक्षित गरेर यो सेवा सञ्चालनमा रहेको उनले बताए।

उनका अनुसार बहस पैरवी गर्ने, लिखत तयार गरिदिने, निवेदनको ढाँचा भरिदिने, परामर्श सेवा दिने, कारागार भ्रमण गर्नेदेखि वैतनिक कानुन व्यवसायीको सेवाका लागि सम्बन्धित जिल्ला अदालत, उच्च अदालत तथा सर्वोच्च अदालतको सूचना तथा सहयोगकक्ष वा सोधपुछ कक्षमा सम्पर्क गर्नका लागि निःशुल्क रूपमा सहयोग गरिनेछ।

अशक्त, नाबालक, आर्थिकरूपमा विपन्न तथा थुनुवा रहेका व्यक्ति, लैंगिक हिंसा वा सशस्त्र द्वन्द्वबाट पीडित भएका व्यक्तिले यस्तो सेवा पाउने अधिवक्ता पाण्डेको भनाइ छ। वडाको सिफारिस र व्यक्तिगत निवेदन लिएर आए यस्तो सेवा पाइने उनले बताए।

कानुन मन्त्रालय, केन्द्रीय कानुनी सहायता समितिअन्तर्गत जिल्ला कानुनी सहायता समितिमार्फत यो सेवा सञ्चालनमा आएको तर जिल्लामा आर्थिक तथा भौतिक व्यवस्थापन, जनशक्ति व्यवस्थापनलगायतका कारण सेवा प्रभावकारी बन्न सकिरहेको छैन। कानुनी सहायता कसैले नलिए पनि परामर्श सेवा भने प्रदान भइरहेको जिल्ला कानुनी सहायता अधिकारी अधिवक्ता पाण्डेले जानकारी दिए।

यसका लागि सबै नागरिकलाई जानकारी गराउने काम भइरहेको उनले बताए। अदालतसम्म पुगेर कानुनी लडाइँ गर्नुपर्ने तर अर्थाभावका कारण समस्यामा रहेका सबै व्यक्तिलाई उनले यो सेवा लिन आग्रह गरे। सिस्ने गाउँपालिका–५ चोकबजारमा अवस्थित जिल्ला अदालत नजिकै समितिको कार्यालय रहेको र त्यहाँ पुगेर यसबारेमा थप जानकारी लिन सकिने उनले बताए।

प्रकाशित: Jan 11, 2023| 17:55 बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।