काठमाडौं- एनएमबि बैंकले ८.२५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ। बैंकको पुष २५ गते, सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको २७औँ वार्षिक साधारण सभाले उक्त नगद लाभांश दिने निर्णय गरेको हो।
उक्त वार्षिक साधारण सभाद्वारा आ.व. २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरिएको छ। बैंकको २०७९ आषाढ सम्ममा खुद नाफा ३ अर्ब २९ करोड रूपैयाँ, निक्षेप १८६.४० अर्ब रूपैयाँ र कर्जा १८२.०९ अर्ब रूपैयाँ रहेको छ।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्यानको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो। सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए। बैंकका हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू रहेका छन्।