काठमाडौं– सुनचाँदी बजारमा छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला ४०० ले घटेर १ लाख ३ हजार ५०० कायम भएको छ। छापावाल सुनको मूल्य सोमबार प्रतितोला १ लाख ३ हजार ९०० मा कारोबार भएको थियो।
मंगलबार नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार छ। यसको मूल्य अघिल्लो दिन १ लाख ३ हजार ४०० थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३६५ तोकिएको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक मूल्य तोक्दै आएको छ।