मंगलबार, साउन १४, २०८२

अनलाइनमार्फत मतदाता नामावली संकलन

आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता अनलाइनमार्फत गरिने बताएको हो।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

काठमाडौं– निर्वाचन आयोगले अनलाइनमार्फत ७७ वटै जिल्लाबाट मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने भएको छ। आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता अनलाइनमार्फत गरिने बताएको हो।

आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले २ माघबाट नामावली दर्ता प्रक्रिया सुरु हुने जानकारी दिए। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति घोषणा भएपछि १९ साउनदेखि मतदाता नामावली दर्ता स्थगित भएको थियो। 

नामावली दर्ता प्रक्रिया सुरु हुँदा बाहिरी जिल्ला मतदाता नामावली संकलन गर्न, आफ्नो मतदाता नामावली विवरणमा रहेको त्रुटि सच्याउन चाहे आवश्यक प्रमाणसहित अनलाइन नै आवेदन दिन सकिनेछ। मृतक मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सम्बन्धित परिवारको कुनै सदस्यले प्रमाणपत्रसहित निर्वाचन कार्यालयमा निवेदन दिन आयोगले आग्रह गरेको छ।

प्रकाशित: Jan 10, 2023| 11:23 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...