मंगलबार, जेठ २८, २०८२

लक्ष्मी र सनराइज बैंकबीच मर्जरमा जाने समझदारी

२५ पुसमा दुई बैंकबीच १:१ को सेयर अनुपात (स्वाप रेसियो) मा मर्जर हुने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

काठमाडौं- लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ। २५ पुसमा दुई बैंकबीच १:१ को सेयर अनुपात (स्वाप रेसियो) मा मर्जर हुने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

मर्जरसम्बन्धी सम्झौतापत्रमा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगडले हस्ताक्षर गरेका छन्। प्रारम्भिक सम्झौता बराबरी हैसियतमा मर्जरमा जाने सहमति भए पनि सम्पूर्ण सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) गर्दा ५ प्रतिशतभन्दा बढीको अन्तर आएमा स्वाप रेसियो घटबढ हुन सक्ने सहमति भएको छ। मर्जरपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज बैंक हुनेछ।

असोज मसान्तमा प्रकाशित वित्तीय विवरण अनुसार लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ। लक्ष्मी बैंकको जगेडा कोषमा ४ अर्ब ५५ करोड छ भने सनराइजको ६ अर्ब ६९ करोड रुपैयाँ छ।

प्रकाशित: Jan 09, 2023| 17:57 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्