मंगलबार, साउन १४, २०८२

नवलपरासीमा अवैध क्रसर उद्योग बन्द

गत पुस २० मा गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो। जिल्लामा कूल सात वटा क्रसर उद्योग रहेकोमा एउटा यस अघिनै बन्द थियो।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

मध्यविन्दु- नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा अवैध रुपमा सञ्चालनमा रहेका छ वटा क्रसर उद्योग बन्द गराइएको छ। गत पुस २० मा गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो। जिल्लामा कूल सात वटा क्रसर उद्योग रहेकोमा एउटा यस अघिनै बन्द थियो।

मन्त्रालयको परिपत्रको पालना गर्दे नियमविपरीत सञ्चालनमा रहेका क्रसर बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए। ‘बन्द गरिएका उद्योगलाई तीन दिनभित्र सक्कल कागजातसहित जिल्ला प्रशासन कार्यालयमा सम्र्पक राख्न भनिएको छ’, पोखरेलले भने। 

सुनवल नगरपालिका ११ को ईन्द्रेणी क्रसर उद्योग, सुस्ता गाउँपालिका ५ को ओम गिट्टी क्रसर उद्योग, बर्दघाट नगरपालिका १३ को ओम बालुवा प्रशोधन उद्योग, सरावल गाउँपालिका २ को मामाभाञ्जा बालुवा गिट्टी प्रशोधन तथा निर्माण सामग्री प्रालि, सुनवल नगरपालिका ४ को नारायणगढ बुटवल सडक आयोजनाको क्रसर र प्रतापपुर गाउँपालिका ९ मा हुलाकी सडक आयोजनाद्वारा सञ्चालित क्रसरलाई बन्द गराइएको हो।

सुनवल ४ मा रहेको लुम्बिनी रोडा क्रसर उद्योग यसअघि देखिनै बन्द छ। जिल्लामा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरीत कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएका छन्। यस्तै तोकिएको अवधि सकिएर पनि नवीकरण नगराएका कपितय कतिपय उद्योग पनि सञ्चालनमा थिए।


प्रकाशित: Jan 09, 2023| 21:15 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।