मंगलबार, साउन १४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • बैंकहरूको अस्वस्थ प्रतिस्पर्धाले अर्थतन्त्रलाई सघाएन : गभर्नर अधिकारी

बैंकहरूको अस्वस्थ प्रतिस्पर्धाले अर्थतन्त्रलाई सघाएन : गभर्नर अधिकारी

संख्यात्मक रुपमा बैंक तथा वित्तीय बजारमा उल्लेख्य वृद्धि भए पनि सुशासन तथा लक्ष्यअनुरुप काम नभएपछि मर्जरको नीति ल्याइएको गभर्नर अधिकारीको धारणा।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

काठमाडौं‐ राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको लक्ष्य विपरीत अस्वस्थ प्रतिस्पर्धा गरेकाले अर्थतन्त्रले सही योगदान नपाएको बताएका छन्। 

सोमबार ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू मर्जरपछिको ग्लोबल आईएमई’ बैंकको एकीकृत कारोबार अवसरमा गर्भनर अधिकारीले बैंक तथा वित्तीय संस्थाले वित्तीय पहुँच पु¥याउने मुख्य लक्ष्य राखे पनि त्यसको विपरीत अस्वस्थ प्रतिस्पर्धा बढेकाले यसबाट अर्थतन्त्रमा सही योगदान नपुगेको बताएका हुन्। 

गभर्नर अधिकारीले अस्वस्थ प्रतिस्पर्धा बढ्नाले उल्टै वित्तीय मध्यस्थता सम्बन्धित लागत प्रशस्त बढेपछि मर्जरको नीति आएको दाबी गरे। संख्यात्मक रुपमा बैंक तथा वित्तीय बजारमा उल्लेख्य वृद्धि भए पनि सुशासन तथा लक्ष्यअनुरुप काम नभएपछि मर्जरको नीति ल्याइएको उनको भनाइ छ। उनले पछिल्लो एक दशकमा २४७ संस्था मर्जरमा गएर हाल ६७ संस्था मात्रै कायम रहेको दावी गर्दै डेढ सय संस्थाको लाइसेन्स खारेज भइसकेको जानकारी दिए।

संस्थाहरू मर्जरमा जाँदा सोही संख्यामा सीईओ र सात गुणाका दरले डाइरेक्टर घट्न गई वित्तीय मध्यस्थताको लागत घटेको उनको दाबी छ। उनले मर्जरपछि  संख्यात्मक हिसाबले बजार सानो भएपछि अस्वस्थ प्रतिस्पर्धा घट्न गई स्वअनुशासित तथा नियमन हुने अपेक्षा गरिएको सुनाए। ‘यो वर्ष करिब करिब १४ वटा बैंक मात्रै मर्जरमा जाने अवस्था छ। मर्जरपछिको अपेक्षा भनेको बैंक अस्वस्थ प्रतिस्पर्धा नगरी स्वअनुशासनमा बस्नेछन्,’ उनले भने, ‘मर्जरपछि बैंकहरूले आफ्नै नियमन गर्ने तथा लगानी गर्दा उत्पादनमुखी भएर गर्ने अपेक्षा गरिएको छ।’

प्रकाशित: Jan 09, 2023| 17:06 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्