मंगलबार, साउन १४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • राष्ट्रपतिको पिसाब चुहिएको भिडियो सार्वजनिक गरेपछि अप्ठ्यारोमा सुडानी पत्रकार

राष्ट्रपतिको पिसाब चुहिएको भिडियो सार्वजनिक गरेपछि अप्ठ्यारोमा सुडानी पत्रकार

कमिटी टु प्रोटेक्ट जर्नालिस्टका अनुसार सोही भिडियोलाई लिएर राज्य सञ्चालित दक्षिण सुडान ब्रोडकास्टिङ कर्पोरेशनका कर्मचारीहरूलाई राष्ट्रिय सुरक्षा सेवाका एजेन्टहरूले मंगलबार पक्राउ गरेका थिए।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

सुडान- मिडिया अधिकार समूहहरूले दक्षिण सुडानका अधिकारीहरूलाई हालै पक्राउ परेका ६ जना पत्रकार रिहा गर्न आह्वान गरेका छन्। एक कार्यक्रममा राष्ट्रपति साल्भा किरको पाइन्टबाट पिसाब चुहिएको भिडियो सार्वजनिक भएपछि पक्राउ परेका पत्रकारहरूलाई रिहा गर्न ती समूहहरुले आग्रह गरेका हुन्। 

कमिटी टु प्रोटेक्ट जर्नालिस्टका अनुसार सोही भिडियोलाई लिएर राज्य सञ्चालित दक्षिण सुडान ब्रोडकास्टिङ कर्पोरेशनका कर्मचारीहरूलाई राष्ट्रिय सुरक्षा सेवाका एजेन्टहरूले मंगलबार पक्राउ गरेका थिए। डिसेम्बरमा सामाजिक सञ्जालमा भाइरल भएको फुटेजको बारेमा उनीहरुमाथि अनुसन्धान भइरहेको जनाइएको छ।

युट्युबमा पोष्ट गरिएको भिडियोमा कालो टोपी र खरानी रंगको पोशाक लगाएर सार्वजनिक कार्यक्रममा सहभागी किरको बायाँ ट्राउजरको खुट्टा भिजेको देखिन्छ। उनले कार्यक्रममै पिसाब चुहाएको अनुमान गरिएको छ।

प्रकाशित: Jan 09, 2023| 12:30 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।