बुधबार, साउन १५, २०८२

साताको पहिलो दिन २०.६८ अंकले बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन नेप्से सूचक २०‍‍.६८ अंकले वृद्धि भएको छ। सूचक बढेसँगै नेप्से २१६४.४८ अंकको विन्दुमा उक्लिएको हो।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

काठमाडौं- साताको पहिलो कारोबार दिन नेप्से सूचक २०‍‍.६८ अंकले वृद्धि भएको छ। सूचक बढेसँगै नेप्से २१६४.४८ अंकको विन्दुमा उक्लिएको हो। 

यस दिन ५ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको १ करोड ४१ लाख कित्ता सेयर किनबेच भएको छ। सबैभन्दा बढी आज हिमालयन डिस्टिलरीको २१ करोड २९ लाख ५२ हजार रुपैयाँ बराबरको २ हजार ८७१ कित्ता सेयर किनबेच भएको छ भने सिवम् सिमेन्टको १९ करोड ६८ लाख ६३ हजार रुपैयाँ बराबरको ५७५ कित्ता सेयर कारोबार भएको छ। 

खप्तड लघुवित्त वित्तीय संस्था र बाराही हाइड्रोपावरको सेयर मूल्यमा सर्किट लागेको छ भने झण्डै १ दर्जन कम्पनीको सेयर मूल्य ८ प्रतिशत माथिले वृद्धि भएको छ। बैंकिङ, म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स समूहको उपसूचक बाहेक अन्य १० वटा उपसूचक सकारात्मक भएका छन्। 

प्रकाशित: Jan 08, 2023| 15:30 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्