काठमाडौं– इन्टरनेट सेवा प्रदायक सिजीनेटले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत कम्पनीले रु १०४९ मा २५० एमबीपीएस इन्टरनेट र रु.११५४ प्रति महिनामा २५० एमबीपीएस र आइपीटिभी प्रदान गर्ने जनाएको छ।
कम्पनीका अनुसार यो योजनाले कम मूल्यमा उच्च गतिको इन्टरनेट खोज्ने ग्राहकहरूले अब एकमुष्ट रकम नतिरेर मासिक आधारमा भुक्तानी गर्न सक्ने भएकाले पोष्टपेड प्लानबाट उच्च लाभ लिन सक्नेछन्। ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले यो नयाँ पोस्टपेड योजना ल्याएको हो। पहिले सेवा पछि पैसाको अवधारणाले सुरु गरिएको यस योजनाले ग्राहकहरूलाई इन्टरनेट प्रयोग गरे पछि भुक्तानी गर्ने विशेष सेवा दिने कम्पनीको भनाइ छ।
यो नियमित प्रिपेड प्लानहरू भन्दा सस्तो छ, जसले मासिक रूपमा भुक्तानी गर्दा पनि वार्षिक प्याकेज बराबरको सेवा सुविधा प्रदान गर्छ। साथै, फिर्ता गरिने गरी रु २,५०० को धरौटी बाहेक ग्राहकले राउटर, ड्रप–वायर र जडान खर्च जस्ता कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन ।