बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश १ मा एमालेको नेतृत्वमा सरकार बन्ने, मुख्यमन्त्रीमा कार्कीले दाबी पेश गर्दै

प्रदेश १ मा एमालेको नेतृत्वमा सरकार बन्ने, मुख्यमन्त्रीमा कार्कीले दाबी पेश गर्दै

प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने भएको छ। एमालेको नेतृत्वमा सरकार गठन गर्न शिर्ष नेतृत्वमा सहमति बनेको श्रोतको भनाई छ।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

विराटनगर– प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने भएको छ। एमालेको नेतृत्वमा सरकार गठन गर्न शिर्ष नेतृत्वमा सहमति बनेको श्रोतको भनाई छ। 

शिर्ष नेतृत्वमा सहमति भएसँगै मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आईतबार प्रदेश प्रमुख समक्ष दाबी पेश गर्दैछन्। प्रदेश प्रमुख पर्शुराम खापुङले आईतबार (आज) साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न पुस १७ गते आह्वान गरेका थिए। ७ दिनको समयसीमाको अन्तिम दिन एमाले दलका नेता कार्कीले दाबी पेश गर्न लागेका हुन्। 

प्रदेश सभामा कुनैपनि दलको बहुमत नभएकाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसिभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने ब्यवस्था अनुसार कार्कीले एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक सांसद गरी ६० जनाको समर्थन पेश गर्न लागेका हुन्। 

९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवस्यक पर्छ। केन्द्रको समीकरण अनुसार  एमाले, माओवादी, राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) र जसपा (जनता समाजवादी पार्टी) को समर्थन एमाले नेता कार्कीलाई हुने एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए। 

एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने गठबन्धन पार्टीका एक/एक जनालाई समेटेर पहिलो चरणमा ५ सदस्यीय मन्त्रिमण्डल गठनको तयारी भएको श्रोतको भनाई छ।

Metro Mart
worldlink

प्रकाशित: Jan 08, 2023| 08:10 आइतबार, पुस २४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।