मंगलबार, जेठ २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आजदेखि विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने

आजदेखि विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने

अब विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

काठमाडौं- अब विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ। मन्त्रिपरिषद्को यसअघिको निर्णयअनुसार  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगर र जनकपुरमा आज श्रम तथा रोजगार कार्यालयको शाखा विस्तार गर्न लागेको हो।

वैदेशिक रोजगारीमा जानेका लागि छिटो र छरितो रुपमा श्रम स्वीकृति प्रदान गर्न शाखा स्थापना गरिएको मन्त्रालयले जनाएको छ।

यसअघि मन्त्रालयले पोखरा, बुटवल, सुर्खेत र धनगढी विस्तार गरेको थियो। यससँगै भोतिक रुपमा उपस्थित भई लिनुपर्ने श्रम स्वीकृति तथा व्यक्तिगत स्वीकृति अब यी स्थानमा अनलाइन मार्फत लिन सकिनेछ।

प्रकाशित: Jan 08, 2023| 08:00 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्