काठमाडौं- देशका तीन प्रदेशका पहाडी भूभागमा आज दिउँसो आंशिक बदली रहने पूर्वानुमान छ।
अहिले पहाडी भूभागमा मौसम सामान्यतया सफा छ। तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव छ।
दिउँसो प्रदेश नम्बर-१, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।