काठमाडौं- आउँदो माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको निम्ति आह्वान गरिएको छ। निर्वाचन आयोगले यही पुस २५ देखि २८ गतेभित्र दल दर्ता गराउन आग्रह गरेको छ।
लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्य एक पदका लागि उपनिर्वाचन हुन लागेको आयोगले जनाएको छ। हरेक निर्वाचनअघि आयोगले दल दर्ताका लागि आह्वान र दर्ता गर्नुपर्ने व्यवस्था छ।