बिहीबार, साउन १६, २०८२

सुर्खेतको बाबियाचौरमा पुग्यो विद्युत्

प्राधिकरणको वितरण केन्द्र सुर्खेतका अनुसार कैलालीको सोल्टादेखि सुर्खेतको पञ्चपुरी नगरपालिका बावियाचौरसम्म ३३ केभिए क्षमताको प्रसारण लाइनको परीक्षण गरिएको हो।
 |  शनिबार, पुस २३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २३, २०७९

सुर्खेत- सुर्खेतको पश्चिम क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सफल परीक्षण गरिएको छ। प्राधिकरणको वितरण केन्द्र सुर्खेतका अनुसार कैलालीको सोल्टादेखि सुर्खेतको पञ्चपुरी नगरपालिका बावियाचौरसम्म ३३ केभिए क्षमताको प्रसारण लाइनको परीक्षण गरिएको हो।

पश्चिमको बाबियाचौरसम्म केन्द्रीय प्रसारण लाइनको पोल गाड्ने, तार जोड्ने, स्टेक राख्ने, ट्रान्सफर्मर जडानलगायतका तयारी पूरा भएपछि गरिएको परीक्षण सफल भएको केन्द्रका प्रमुख युवराज रावतले जानकारी दिए। प्राधिकरणले पञ्चपुरी नगरपालिका वडा नं १०, ११ र बाबियाचौरका लागि चार ठाउँमा ३३-३३ केभिएको ट्रान्सफर्मर जडान गरेको छ। रावतका अनुसार भेरीपुलमा राखेको ट्रान्सफर्मरबाट वडा नं १० का करिब दुई सय ५० घरमा विद्युत् प्रवाह हुने अपेक्षा गरिएको छ। 

यसैगरी वडा नं ११ मा रहेको ट्रान्सफर्मरबाट पनि करिब दुई सय घरधुरीमा विद्युत् प्रवाह हुनेछ। उक्त क्षेत्रमा पहिले जडान भएका पोल र तारबाट विद्युत् विस्तारको काम भइरहेको छ भने पोल, तार नपुगेका ठाउँमा नयाँ थप्ने काम भइरहेको प्राधिकरणले जनाएको छ।

विद्युत् परीक्षणका क्रममा विद्युतीय दुर्घटना हुनसक्ने भएकाले सचेत रहन केन्द्रले आग्रह गरेको छ। कैलालीको सोल्टाबाट सुर्खेत पश्चिमको बाबियाचौरसम्म नियमित विद्युत् प्रवाह हुने भएकाले सो क्षेत्रका पोल, तार, स्टेक, ट्रान्सफर्मरलगायत विद्युतीय संरचनामा नजिक नजान, नछुन र बालबालिका तथा पशुचौपायालाई जथाभावी नछाड्न पनि प्राधिकरणले आग्रह गरेको छ।

प्रसारण लाइनको सफल परीक्षण भए पनि बत्ती बाल्न भने अझै केही दिन लाग्ने प्राधिकरणको भनाइ छ। 

प्रकाशित: Jan 07, 2023| 22:00 शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।