बिहीबार, साउन १६, २०८२

गाउँपालिकामा निरक्षरको तथ्यांक संकलन गरिँदै

गाउँपालिकाले तथ्यांक संकलननकर्तालाई आवश्यक तालिम दिएर १४ वटै वडामा एक-एकजना संकलनकर्ता परिचालन गरेको छ।
 |  शनिबार, पुस २३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २३, २०७९

रुकुम- रुकुम (पूर्व) को पुथा उत्तरगङ्गा गाउँपालिकाले विद्यालयबाहिर रहेका बालबालिका र निरक्षर नागरिकहरूको तथ्यांक संकलन गर्ने भएको छ। गाउँपालिकाले तथ्यांक संकलननकर्तालाई आवश्यक तालिम दिएर १४ वटै वडामा एक-एकजना संकलनकर्ता परिचालन गरेको छ। 

गाउँपालिका शिक्षा शाखाप्रमुख रामप्रसाद खड्काका अनुसार गाउँपालिकाले निर्माण गर्न लागेको स्थानीय पाठ्यक्रमलाई लक्षित गरेर विद्यालयबाहिर रहेका बालबालिका तथा निरक्षर व्यक्तिहरूको विवरण संकलन गर्न लागेको हो। संकलनकर्ताहरुलाई विद्यालयबाहिर रहेका बालबालिका र निरक्षर व्यक्तिको विवरणसहित पेसा, व्यवसाय, जनसङ्ख्या लगायतको विवरण संकलन गर्ने उनले बताए। 

यो कार्यक्रमबाट स्थानीय पाठ्यक्रम निर्माणमा टेवा पुग्नका साथै विद्यालयबाहिर रहेका बालबालिकाको यकिन तथ्यांक आउने र उनीहरूलाई विद्यालयमा फर्काएर टिकाउने कार्यक्रम बनाउन सहज हुने अपेक्षा राखिएको शिक्षा शाखाप्रमुख खड्काको भनाइ छ।

त्यस्तै यसबाट निरक्षर व्यक्तिहरूलाई साक्षर बनाउन कार्यक्रम तर्जुमा गर्नसमेत सहज हुने अपेक्षा गरिएको छ। जिल्लालाई नै साक्षर घोषणा गरिएको भए पनि सबै गाउँपालिकावासी साक्षर नभएको अवस्थामा उनीहरूको यकिन तथ्यांक संकलन गर्न लागिएको गाउँपालिकाले जनाएको हो। साथै यसबाट गाउँपालिकाको वास्तविक जनसङ्ख्या पनि पत्ता लाग्ने गाउँपालिकाको विश्वास छ। 

यी सबै विवरण स्थानीय पाठ्यक्रममा समावेश गर्ने गाउँपालिकाको योजना छ। गाउँपालिकाले नयाँ शैक्षिक सत्रबाट कक्षा १ र ६ मा लागू हुने गरी स्थानीय पाठ्यक्रम निर्माणको काम सुरु गरिसकेको छ। 

प्रकाशित: Jan 07, 2023| 21:30 शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।