बिहीबार, साउन १६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • चिडियाखानाले उद्धार गर्नुपर्ने जीवजन्तुको संख्यामा कमी

चिडियाखानाले उद्धार गर्नुपर्ने जीवजन्तुको संख्यामा कमी

पछिल्लो समय सामुदायिक वन सञ्चालनमा आउँदा जीवजन्तु उक्त स्थानमै बास बस्ने गरेका र मानिसमा जीवजन्तुलाई माया गर्नुपर्छ भन्ने भावना पलाउनु पनि उद्धार गर्ने जनावर घट्नुको कारण रहेको बताइएको छ।
 |  शनिबार, पुस २३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २३, २०७९

काठमाडौं- कुनै समय वार्षिक एक हजारभन्दा बढी जीवजन्तुको उद्धार गर्दै आएको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पछिल्लो समय यसरी ल्याइने जीवजन्तुको सङ्ख्यामा कमी आएको छ। 

पछिल्लो समय सामुदायिक वन सञ्चालनमा आउँदा जीवजन्तु उक्त स्थानमै बास बस्ने गरेका र मानिसमा जीवजन्तुलाई माया गर्नुपर्छ भन्ने भावना पलाउनु पनि उद्धार गर्ने जनावर घट्नुको कारण रहेको बताइएको छ।  विशेषगरी उद्धार गरेर ल्याइनेमा चितुवा, नीर बिरालो, स्याल, बाँदर, कछुवा रहेका छन्। त्यसमा सबैभन्दा बढी चितुवा ल्याउने गरिएको चिडियाखाननका व्यवस्थापन प्रमुख रचना साहले जानकारी दिए।

उनका अनुसार उद्धार गरी ल्याइने अधिकांश जनावरलाई लामो समय स्वास्थ्य उपचार गर्नुपर्छ। उपचारका क्रममा केही मर्छन्। उपचारपछि राम्रो स्वास्थ्य भएकालाई सम्भव भएसम्म बासस्थानमै लगेर छाड्ने गरिएको छ। केहीलाई स्थानको अभाव हुँदाहुँदै पनि यही राखेर व्यवस्थापन गरिँदै आएको प्रमुख साह बताउँछन्। 

यसरी ल्याइने जनावर काठमाडौं उपत्यकाका विभिन्न स्थान चोभार, चन्द्रागिरि र केही उपत्यका बाहिरबाट पनि ल्याइने गरिएको छ। उनका अनुसार उद्धार गरी ल्याइएका जनावर कोही मानिसलाई आक्रमण गर्न आउँदा मानिसले कुटेर घाइते भएका त कोही रोग लागेर अलपत्र अवस्थामा रहेका हुन्छन्। गत वर्ष चिडियाखानाले  सानाठूला गरी करिब छ सय जनावरको उद्धार तथा उपचार गरेको जनाएको छ। 

हाल चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ जीवजन्तु रहेका छन्। त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन्। ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन्। नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ। 

चिडियाखाना अवलोकन गर्न विदेशीका लागि सात सय ५०, सार्क देशका लागि पाँच सय, नेपालीलाई एक सय ५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ९० शुल्क निर्धारण गरिएको छ। तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशमशेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाका रूपमा स्थापना गर्नुभएको थियो। विसं २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको चिडियाखानाको विसं २०५२ देखि व्यवस्थापनको जिम्मा नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको थियो।

प्रकाशित: Jan 07, 2023| 21:15 शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।