मंगलबार, जेठ २८, २०८२

साझा बसमा हुइँकिइन् राष्ट्रपति भण्डारी

राष्ट्रपति भवनबाट साझा बस चढेर राष्ट्रपति भण्डारी मदन पुस्तकालयलगायत स्थानको अवलोकनका लागि पाटन पुगेकी हुन्।
 |  शनिबार, पुस २३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २३, २०७९

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको बिजुली बस चढेर ललितपुरको पाटन पुगेकी छन्। शनिबार राष्ट्रपति भवनबाट साझा बसमा चढेर राष्ट्रपति भण्डारी मदन पुस्तकालयलगायत स्थानको अवलोकनका लागि पाटन पुगेकी हुन्।

राष्ट्रपति भण्डारी ललितपुरको पिम्बहालमा आयोजित कार्यक्रममा सहभागी हुनेछन्। साझा बस राष्ट्रपति भण्डारीलाई लिन शीतलनिवास पुगेको थियो। शीतलनिवासबाट साझा बसमा चढेकी राष्ट्रपति भण्डारी ललितपुरको पाटनढोका बसपार्कमा ओर्लिएकी थिइन्। उनलाई ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले स्वागत गरेका थिए।

प्रकाशित: Jan 07, 2023| 15:08 शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्