बिहीबार, साउन १६, २०८२

बलात्कार प्रयासको आरोपमा दुई जना पक्राउ

उनीलाई रुपन्देहीको कञ्चन गाउँपालिकास्थित महिलाको घरमा कोही नभएको मौका पारी जबर्जस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको हो।
 |  शनिबार, पुस २३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २३, २०७९

बुटवल- सुस्त मनस्थितिकी २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ३० वर्षीय पुरुषलाई रुपन्देहीबाट पक्राउ गरेको छ। उनीलाई रुपन्देहीको कञ्चन गाउँपालिकास्थित महिलाको घरमा कोही नभएको मौका पारी जबर्जस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यही २१ पुस साँझको समयमा शारीरिक रुपमा अपांगता भएकी महिलालाई जबर्जस्ती शौचालयमा लगि कञ्चन गाउँपालिका-३ का ३० वर्षीय राजेन्द्र अधिकारीले करणीको प्रयास गरेका थिए। उनलाई प्रहरीले कन्चन गाउँपालिका-४ बाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

यस्तै, रुपन्देहीको सैनामैना नगरपालिका-६ की १५ वर्षीया बालिकालाई अभिभवक नभएको मौका पारी साँझको समयमा आगो ताप्ने बहानामा घरमा आई जबर्जस्ती करणी गर्ने मनसायले बालिकाको संवेदनशील अंगमा छुने, चलाउने तथा जबर्जस्ती करणी गर्न खोज्ने २५ वर्षीय मधु सोमरेलाई सैनामैना नगरपालिकाको सुखौराबाट पक्राउ गरी जबरजस्ती करणी उद्योग कसुरमा प्रहरीले अनुसन्धान सुरु गरेको छ।

बालिकाको आमा विदेशमा भएको र घरमा बुबा पनि काममा गएको मौका पारी जबर्जस्ती करणी गर्न खोजेको कुरा छिमेकी महिलालाई बताएपछि तुरुन्त प्रहरीलाई खबर भएकोमा उनलाई सोही समयमै २१ पुस नै पक्राउ गरिएको थियो।

पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय सालझन्डीमा राखी जबर्जस्ती करणी उद्योग कसुरअन्तर्गत म्याद थप भई आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

प्रकाशित: Jan 07, 2023| 14:32 शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।