बिहीबार, साउन १६, २०८२

सुरु भयो जलपक्षी गणना

३५० चराविज्ञ र संरक्षणकर्मीले तीन सातासम्म चरा गणना गर्नेछन्।
 |  शनिबार, पुस २३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २३, २०७९

भरतपुर– नेपालमा आजदेखि चरा गणना सुरु भएको छ। राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना थालेको हो।

गणनामा ३५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको चरा गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी दिए। उनका अनुसार तीन साता चरा गणनाको काम हुनेछ। गणनाको क्षेत्र विस्तार हुँदै जाँदा पनि चराको सङ्ख्या बर्सेनि घट्दै जानु चिन्ताको विषय भएको उनले बताए।

चराको गुणस्तर बासस्थान अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादी प्रयोग र मानवीय क्रियाकलापले चराको संख्या बर्सेनि घट्दै गएको उनको भनाइ छ। हरेक क्षेत्रमा जस्तै जलवायु परिवर्तको प्रभाव पनि चराको बासस्थानमा परेको डा बरालले बताए।

चितवनमा भने भोलिदेखि चरा गणना सुरु हुने बर्ड एजुकेसन सोसाइटी सौराहाका पूर्वअध्यक्ष वासु बिडारीले जानकारी दिए। पूर्वी चितवनमा बर्ड एजुकेसन सोसाइटी सौराहाको नेतृत्वमा र पश्चिम चितवनमा बर्ड एजुकेसन सोसाइटी मेघौलीको नेतृत्वमा चरा गणना हुनेछ।

पश्चिम सेक्टरअन्तर्गत लोथर पुलदेखि कसरा पुलसम्म चराको गणना हुनेछ। चराको मुख्य बासस्थान रहेको ढुंग्री खोला, बूढीराप्ती खोला, लामी ताल, तमोर ताल, वरुण ताल, बीसहजारी ताल र राइनो तालमा चराको गणना गरिनेछ।

यस्तै, चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा छुट्टै समूहमार्फत चरा गणना गरिनेछ। नेपालमा पछिल्लो तथ्यांकअनुसार आठ सय ९२ प्रजातिका चरा छन्। यीमध्ये २०० चरा पानीमा आश्रित छन्। चितवनमा मात्रै ६५२ प्रजातिका चरा छन्।–रासस

प्रकाशित: Jan 07, 2023| 17:35 शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।