बिहीबार, साउन १६, २०८२

डोल्पामा अब सीधा यातायात सेवा

भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडक खण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायी रुपमा पुल बनाएपछि डोल्पामा सीधा यातायात सेवा सञ्चालन भएको छ।
 |  शनिबार, पुस २३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २३, २०७९

सुर्खेत- भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडक खण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायी रुपमा पुल बनाएपछि डोल्पामा सीधा यातायात सेवा सञ्चालन भएको छ। मजदुरले ज्याला नपाएको भन्दै पुल तर्न अवरोध गरेपछि डोल्पा जाने सवारीसाधन रोकिएकोमा समस्या समाधान भएपछि आजबाट डोल्पा सीधा यातायात सेवा सञ्चालन भएको हाे। देशका विभिन्न ठाउँबाट अब डोल्पा सीधा जान सकिने भएको छ। 

सडक डिभिजन चौहरजहारीसँग समन्वय गरेर नेपालगञ्जदेखि सीधा विकास निर्माण सामग्री ढुवानी गर्न बनाइएको उक्त पुलमा स्थानीय कामदार र जग्गाधनी मिलेर डोल्पा आउने मालवाहक गाडीलगायतका सवारीसाधन रोक लगाएका थिए।

आजका दिनदेखि डोल्पा जाने सवारीसाधनलाई कुनै पनि रोकावट नभएको  जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले बताए। स्थानीय कामदार र जग्गाधनीले अवरोध गर्न खोज्दा समस्या भए पनि अब कुनै रोकावट नहुने र काठमाडौं नेपालगञ्ज लगायतका जुनसुकै जिल्लाबाट सिधैँ सवारीसाधन डोल्पा पुग्ने व्यवस्था मिलाइएको उनले बताए।

‘रुकुम पश्चिम र जाजरकोटले पुलका दुवैतिर प्रहरी गस्ती खटाएको छ, अब यायायात तथा ढुवानी व्यवसायीले ढुक्कसँग गाडी लैजाँदा हुन्छ। यदि त्यहाँ प्रहरीले पनि सहजिकरण गरेन भने सीधा मलाई फोन गर्नु,' प्रजिअले भने। दुवै जिल्लाका प्रहरीको टोलीले पुलको दुवैतिर लगाएकाे तारजाली र ताला हिजो नै हटाएको नलगाड नगरपालिका १२ का सचिव रामप्रसाद शर्माले जानकारी दिए।

आजबाट दुवै जिल्लाका प्रहरीले गस्ती गरिरहेको र सवारीसाधन पुलबाटै पास भइरहेको उनले जानकारी दिए। नेपालगञ्जदेखि सिधैँ डोल्पा गाडी आउँदा यात्रु तथा ढुवानी भाडादर समेत घट्ने भएको छ।

प्रकाशित: Jan 07, 2023| 13:01 शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।