मंगलबार, जेठ २८, २०८२

बैंक तथा वित्तीय संस्थाको निक्षेप ५३ खर्बमाथि पुग्यो

राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार २० पुससम्म बैंक तथा वित्तीय संस्थामा ५३ खर्ब २ अर्ब निक्षेप संंकलन भएको हो।
 |  शनिबार, पुस २३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २३, २०७९

काठमाडौं– बैंक तथा वित्तीय संस्थामा ५३ खर्ब बढी निक्षेप संकलन भएको विवरण सार्वजनिक गरिएको छ। राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार २० पुससम्म बैंक तथा वित्तीय संस्थामा ५३ खर्ब २ अर्ब निक्षेप संंकलन भएको हो।

१९ पुससम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसँग ५२ खर्ब ९५ अर्ब निक्षेप रहेकामा २० पुसमा ५३ खर्ब २ अर्ब पुगेको हो। मंसिर अन्तिमसम्म ५२ खर्ब हराहारी रहेको निक्षेप संकलन पछिल्लो समय बढ्न थालेको हो। 

राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकमा मात्रै ४६ खर्ब ७५ अर्ब निक्षेप संकलन भएको छ। २० पुससम्म बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ६७ अर्ब बराबरको कर्जा लगानी गरेका छन्। 

यस अवधिमा बैंक तथा वित्तीय संस्थाको औसत सिडी रेसियो ८६.५६ प्रतिशत छ। बैंकमा लगानीयोग्य रकम बढेकै कारण अन्तरबैंक सापटीको ब्याजदर घटेर ६.८३ प्रतिशत पुगेको राष्ट्र बैंकले बताएको छ।

प्रकाशित: Jan 07, 2023| 11:48 शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्