काठमाडौं- रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा मोटरसाइकल पल्टँदा चालकको मृत्यु भएको छ। स्थानीय ३५ वर्षीय विशेष बुढाथोकी भनिने श्याम गोतामेको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मणिग्रामस्थित क्रिमसन अस्पतालमा मृत्यु भएको जनाइएको छ।
बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु२५प ८४२५ नम्बरको मोटरसाइकल गए राति करिब पौने १२ बजे अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ।