काठमाडौं- काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै सबैभन्दा न्यून भएको छ। शनिबार काठमाडौंमा सबैभन्दा जाडो अनुभव गरिएको हो।
मौसमविदहरुको अनुसार आज काठमाडौंको तापक्रम यो वर्षकै न्यून मापन गरिएको छ।
शनिबार बिहान काठमाडौं उपात्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस रहेको मौसमविदहरुले जनाएका छन्। दिउँसो मौसममा केही सुधार आउने अनुमान गरिएको छ।
उपत्यकाका डाँडाहरुमा हुस्सु र कुहिरो लागेका कारण चिसो बढेको मौसमविदहरुले जनाएका छन्।