काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्तालाई प्रशिक्षण गर्न २ दिन कार्यक्रम आयोजना गरेको छ। कम्पनीले धुलिखेलको आगन्तुक रिसोर्टमा २ दिने कार्यक्रम आयोजना गरेको हो।
उक्त कार्यक्रममा भारतिय जीवनज बीमाका चर्चित अभिकर्ता राजेश सतोष्करको उपस्थिति समेत रहेको छ। देशभरबाट करिब १२५ जना अभिकर्ता उक्त प्रशिक्षण कार्यक्रमका लागि चुनिएका थिए।