शनिबार, साउन १८, २०८२

'पशुपतिप्रसाद'को भष्मे डन पात्रमाथि फिल्म बन्दै

सोही चर्चित पात्रको नामबाट यतिखेर निर्देशक दिपेन्द्र के खनाल 'भष्मे डन' नामको चलचित्र बनाउँदै छन्, जसमा मुख्य भूमिकामा अभिनेता सौगात मल्ललाई अनुबन्धित गरेका छन्।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

काठमाडौं- चलचित्र पशुपतिप्रसादमा ‘भष्मे डन’ पात्रको भूमिका निर्वाह गरेका थिए विपिन कार्कीले। सो नामले विपिनलाई एउटा हाइट दिएको थियो। सोही चर्चित पात्रको नामबाट यतिखेर निर्देशक दिपेन्द्र के खनाल 'भष्मे डन' नामको चलचित्र बनाउँदै छन्, जसमा मुख्य भूमिकामा अभिनेता सौगात मल्ललाई अनुबन्धित गरेका छन्। 

चल्तीका अभिनेता हुन्, सौगात मल्ल। सन् २०२२ मा उनी अभिनित फिल्म कबड्डी ४ र दुई नम्बरीले बक्स अफिसमा राम्रो कमाए। तर उनको अभिनय तथा निर्माणमा तयार भएको सुवर्ण थापा निर्देशित राधा बक्स अफिसमा कमजोर सावित भयो। निर्माणमा सफल हुन नसके पनि अभिनयलाई भने निरन्तरता दिइरहेका छन् सौगातले। त्यसैले त सन् २०२३ मा भने उनले आधा दर्जन बढी फिल्ममा अनुबन्धित भइसकेका छन् र उनी यतिखेर चलचित्र भष्मे डनका कारण चर्चामा छन्। निर्देशक खनालले मल्ललाई भष्मे डनको भूमिकाका लागि मौखिक साइन गरिसकेको बताएका छन्। 

खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको पशुपति प्रसादमा भष्मे डन दोस्रो पात्र थियो, जसले पशुपतिनाथ मन्दिरको वरिपरि सोझासाझा केटाहरूलाई लुट्ने पिट्ने गुण्डा थियो। जसको चरित्र र संवादले दर्शकको मन जितेको थियो।  कुनै चर्चित फिल्मको एउटा पात्रमाथि केन्द्रित रहेर बनाइने श्रृंखला नै खनालले दोहोर्याएका हुन्। एक्ट्रा लुक्सका कारण पनि भष्मे डन दर्शकको प्रिय बनेको थियो। यसमा विपिन भन्दा कडा मेहनत गर्नुपर्नेछ सौगातले। मल्ल आफ्नो अभिनयमा नयाँ नयाँ प्रयोग पनि गर्न रुचाउँछन्। भष्मे डनमा सौगात खास बनेर देखिनेछन्। सौगातसँगै विपिन कार्की पनि हुनेछन्। निर्देशक खनालका अनुसार फिल्ममा विपिन र सौगातको समानान्तर भूमिका हुनेछ 

पशुपति प्रसादको सिक्वेल नभएको बताए उनले। यो फिल्मले ‘पशुपति प्रसाद’पछिको भष्मे डनको जीवन यात्राको कथा भन्नेछ। सौगात र विपिनबाहेक यो फिल्ममा मितबाको भूमिकामा प्रकाश घिमिरे र हनुमान बनेका रविन्द्रसिंह बानियाँको पनि अभिनय हुनेछ। फागुन १२ गतदेखि पशुपतिनाथ मन्दिर वरपर छायांकन हुने फिल्मको निर्माण खगेन्द्र लामिछानेले गर्दैछन्। पटकथा लेखन पनि खगेन्द्रकै हो।

टुकी आर्ट्स र दीपेन्द्र खनाल प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो। आगामी दशैंमा प्रदर्शन लक्ष्य राखिएको फिल्ममा भष्मे डनको लुक्समा सौगात कस्ता देखिएलान् भन्ने कौतुहलतासमेत रहेको छ।


प्रकाशित: Jan 06, 2023| 14:47 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।