काठमाडौं- सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आईएसओ गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनीको मान्यता पाएको छ। युनाइटेड रजिस्टर अफ सिस्टम (यूआरएस) ले कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा सूर्यज्योतिलाई आईएसओ ९०००१:२०१५ को मान्यता प्रदान गरेको हो।
सूर्यज्योति लाइफले ४ जनवरी ४ सन् २०२३ मा आधिकारीक गुणस्तर चिन्ह प्रमाणपत्र प्राप्त गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले जानकारी दिए। यस गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेसँगै कम्पनीले कार्यविधि र प्रविधिमा परिमार्जन र थप सुदृढ गर्दै बीमितहरुलाई सेवा सुविधामा थप सबल र सहज पार्दै लैजाने उनले बताए।