बुधबार, जेठ २९, २०८२

सामसङ ग्यालेक्सी ए०४इ नेपाली बजारमा

सामसङले नेपाली बजारमा ए०४इ स्मार्टफोन भित्र्याएको छ। ए–सिरिजको यो पछिल्लो सार्वजनिक ग्यालेक्सी ए०४इ एउटा इन्ट्री-लेभल फोन हो।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

काठमाडौं- सामसङले नेपाली बजारमा ए०४इ स्मार्टफोन भित्र्याएको छ। ए–सिरिजको यो पछिल्लो सार्वजनिक ग्यालेक्सी ए०४इ एउटा इन्ट्री-लेभल फोन हो।

यसमा ३ जिबी र्‍याम छ र ३२ इन्टर्नल मेमोरीको भेरिएन्टमा आउने कम्पनीको भनाइ छ। यसमा थप १ टिबी एक्सटर्नल स्टोरेज स्पेस माइक्रो एसडी कार्डद्वारा जोड्न सकिने छ। तर, यो फोनको मेन फिचर भने यसको डिस्प्ले क्यामरा रहेको कम्पनीको दाबी छ। यस स्मार्टफोनमा ३ वटा क्यामेरा समावेश छन्। रेअरमा डुअल क्यामेरा जसमा मेन क्यामेरा १३ एमपी रहेको छ। साथै २ एम पीको डेप्थ क्यामेरा छ। फ्रन्ट साइडमा ५ एमपी क्यामेरा रहेको छ। 

यसको इन–सेल टच एल सी डी पी एल एस भएको डिस्प्लेले प्रयोगकर्तालाई इमेज र टेक्स्टमा स्पष्टता दिनुको साथै थप फिचरहरूको लागि थप स्पेस पनि दिने बताइएको छ। ग्यालेक्सी ए०४इको ६.५ इन्च स्क्रिन ७२० बाइ १६०० पिक्सल रेसोलुसनको साथ आउँछ। यसको ५००० एमएएच ब्याट्रीले ४० घण्टासम्म बिना कुनै चार्जिङको आवश्यकताको स्क्रिन–टाइम दिने कम्पनीको दाबी छ। 


प्रकाशित: Jan 06, 2023| 13:42 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्