बुधबार, जेठ २९, २०८२

भिभोले २०२३ मा नयाँ उत्पादनहरु सार्वजनिक गर्ने

भिभो छोटो समय अवधिमै नेपालीहरुको रोजाइको स्मार्टफोन ब्राण्ड बन्न सफल भएको छ।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

काठमाडौं- भिभो छोटो समय अवधिमै नेपालीहरुको रोजाइको स्मार्टफोन ब्राण्ड बन्न सफल भएको छ। सन् २०२३ मा पनि आफ्नो उपस्थितिलाई थप मजबुत बनाउन भिभोले नवीन उत्पादनहरु र ग्राहक केन्द्रित पहलहरु सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ।

भिभोका लागि सन् २०२२ निकै अद्भूत रहयो। डिजाइन–ड्रिभन स्मार्ट उपकरणहरू र सेवाहरूमार्फत अहिले देशको सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्रान्डहरूमध्ये एक बनेको छ। भिभोले निरन्तर उत्कृष्ट क्यामेरा क्षमताहरू, द्रुत–चार्ज टेक्नोलोजी, आकर्षक डिजाइन, शक्तिशाली पर्फमेन्सलगायत अत्याधुनिक विशेषता लिएर आएको छ। भिभोले २०२३ मा बहुप्रतिक्षित भी२७ सहित भी सिरिज र वाई सिरिजका नवीनतम उत्पादन सार्वजनिक गर्ने  भएको छ।

नेपालमा स्थापना भएदेखि नै यस ब्रान्डले १५०० भन्दा बढी रिटेल स्टोर र ४ वटा ग्राहक सेवा केन्द्रमार्फत उनीहरुको आवश्यकतालाई बुझेर सन्तुष्टि प्रदान गर्दै आएको छ। भिभोले नेपाली समुदायमा आफ्नो संलग्नता र योगदानलाई सुधार गर्न २०२३ मा आफ्ना सेवाहरू र पहलहरूलाई अझ जोसिलो रूपमा वृद्धि गर्न जारी राख्ने बताएको छ।


प्रकाशित: Jan 06, 2023| 13:31 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्