शनिबार, साउन १८, २०८२

अस्कर कलेजका विद्यार्थीलाई सिंगापुरबाट इन्फानाइट स्टुडियोको छात्रवृत्ति

सिंगापुरको इन्फानाइट स्टुडियोजले अस्कर कलेज (कलेज अफ फिल्म स्टडिज) का १५ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको छ।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

काठमाडौं- सिंगापुरको इन्फानाइट स्टुडियोजले अस्कर कलेज (कलेज अफ फिल्म स्टडिज) का १५ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको छ।

स्टुडियोका प्रतिनिधि सुयी मोले बिहीबार अस्कर कलेजमै आयोजित कार्यक्रममा सन् २०२३ मा छात्रवृत्ति पाउने १५ जना विद्यार्थीलाई रकम हस्तान्तरण गरेकी छिन्। कार्यक्रममा ५ जना विद्यार्थीले इन्फाइनाइट छात्रवृत्ति र १० जनाले इन्फानाइट बर्सरी अवार्ड प्राप्त गरेका थिए।  

इन्फानाइट स्टुडियोजले २०७३ सालदेखि अस्कर कलेजमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। प्रतिनिधिको रुपमा नेपाल आएकी मोले कलेजले विद्यार्थीको वृत्ति विकासमा ठूलो योगदान पुर्याउने उल्लेख गरिन्।

‘कलेजमै विद्यार्थीले सबै सीप सिक्ने भएकाले गर्दा फिल्म कलेज सिनेमा उद्योगका आधार हुन्। यही कारणले हामीले विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेका हौं। आगामी दिनमा हामी अरु क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक छौं,’ मोले कार्यक्रममा भनिन्।

मोले बिहीबार नै कलेजमा विद्यार्थीले बनाएका ६ वटा सर्ट फिल्म पनि हेरेकी थिइन्। फिल्म हेरेपछि मोले विद्यार्थीसँग फिल्मका विषयमा छलफल गरेकी थिइन्। छावृत्ति वितरण कार्यक्रममा कलेजका प्रिन्सिपल रामराजा दाहालले इन्फानाइटले दिँदै आएको रकम कलेज र विद्यार्थीका लागि ठूलो महत्वको रहेको धारणा राखेका थिए।

स्टुडियोले कोभिड १९ को महामारीका कारण क्षति बेहोर्नुपरेका विद्यार्थीका लागि भनेर दुई साल अघिदेखि बर्सरी अवार्ड पनि वितरण गर्न थालेको थियो। स्डुडियोले तेस्रो साल पनि यो अवार्डलाई निरन्तरता दिने निर्णय गर्दै बिहीबार यो अवार्ड प्राप्त गर्ने १० जना विद्यार्थीलाई छात्रवृत्ति रकम हस्तान्तरण गरेको थियो। 

इन्फानाइट छात्रवृत्ति पाउने ५ जनाको तर्फबाट सजन भण्डारी तथा इन्फानाइट बर्सरी पाउने विद्यार्थीको तर्फबाट जेम्स ढकालले स्टुडियोलाई कृतज्ञता प्रकट गरेका थिए।

प्रकाशित: Jan 06, 2023| 12:35 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।