बुधबार, जेठ २९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • विराटनगर र जनकपुरबाट व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिइँदै

विराटनगर र जनकपुरबाट व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिइँदै

यसअघि विराटनगर जनकपुरबाट श्रम स्वीकृति नवीकरण हुँदै आएको थियो।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

काठमाडौं– वैदेशिक रोजगार विभागले जनकपुर र विराटनगरबाट पनि विदेश रोजगारमा जाने जानेहरुलाई व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिन थालेको छ। यसअघि विराटनगर जनकपुरबाट श्रम स्वीकृति नवीकरण हुँदै आएको थियो।

विदेश रोजगारमा जानेहरुलाई सहज तथा प्रविधिमैत्री सेवा दिने उद्देश्यले आइतबारदेखि श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट संस्थागत श्रम स्वीकृति एवं व्यक्तिगत श्रम स्वीकृति दिन थालिएको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले बताएको हो।

श्रम स्वीकृतिका लागि भौतिक रुपमा उपस्थित हुनुपर्ने विगतको व्यवस्थालाई हटाएर अनलाइन प्रणालीमार्फत सबै किसिमका श्रम स्वीकृति लिन पाउने व्यवस्था गरेपछि सेवामा आएको सुधारकै कारण विराटनगर र जनकपुरबाट पनि सेवा विस्तार गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘संस्थागत र व्यक्तिगत श्रम स्वीकृतिका लागि समयमै आवेदन नगर्ने, श्रम स्वीकृतिका लागि आवेदन गर्नुअघि नै टिकट खरिद गर्ने कम्प्युटर प्रणालीबाट निर्धारण हुने मिति र समयका आधारमा स्वीकृति प्रदान गर्ने प्रणाली विपरीत अन्तिम समय मात्र पेस गर्ने प्रवृत्ति देखिनु प्रणाली सुधारको दृष्टिकोणले उपयुक्त नभएकाले समयमै आवेदन दिन सरोकारवाला सबैमा अनुरोध गरिन्छ।’

प्रकाशित: Jan 06, 2023| 11:44 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्