शनिबार, साउन १८, २०८२

चलचित्र पत्रकारलाई सामाजिक सुरक्षाभत्ता दिँदै संघ

चलचित्र पत्रकार संघ नेपालले ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकार (संघका सदस्य) लाई मासिक रुपमा सामाजिक सुरक्षाभत्ता प्रदान गर्ने भएको छ।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

काठमाडौं- चलचित्र पत्रकार संघ नेपालले ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकार (संघका सदस्य) लाई मासिक रुपमा सामाजिक सुरक्षाभत्ता प्रदान गर्ने भएको छ।

संघका अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रस्तावित कल्याणकारी कोष पूर्ण कार्यान्वयनमा नआउँदासम्म कार्यसमिति बैठकले ६० वर्ष उमेर पुगेका वा त्योभन्दा बढी उमेर भएका ज्येष्ठ पत्रकार (संघका सदस्य) लाई मासिक रुपमा सामाजिक सुरक्षाभत्ताबापत ६ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो।

‘यसले विधागत रुपमा पत्रकारिता गरिरहेकालाई उर्जा मिल्ने विश्वास लिएका छौं। विधागत पत्रकारितामा उहाँले दिनुभएको योगदानको कदर सङ्घले गरेको हो। हामीले कल्याणकारी कोषमार्फत सङ्घका सदस्यहरूको समस्यालाई न्यूनीकरण गर्ने लक्ष्य लिएका छौं’, अध्यक्ष सिटौलाले भने। उनले यस किसिमको सुविधा प्राप्त गर्ने सदस्यको वार्षिक नविकरण शुल्क मिनाहा गरिने जानकारी समेत दिए।  

साथै, बैठकले माघ १३ र १४ गते काठमाडौंमा चलचित्र पत्रकारहरुका लागि कार्यशाला आयोजना गर्ने निर्णय गरेको छ। यसका साथै चलचित्र पत्रकार संघ नेपालको नवौं महाधिवेशन फागुन १७ गते काठमाडौंमा गर्ने निर्णय समेत गरेको छ।

अधिवेशन प्रायोजनका लागि संघका सदस्यहरुले माघ १५ गतेसम्म अनामनगरस्थित संघको कार्यालयमा आफैं उपस्थित भई सदस्यता नविकरण गर्नुपर्ने निर्णय समेत गरेको छ। साथै संघले २४ जना पत्रकारलाई नयाँ सदस्यता प्रदान गरेको छ।

प्रकाशित: Jan 06, 2023| 11:01 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।