शनिबार, साउन १८, २०८२

पाल्पा दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

पाल्पामा बिहीबार राति भएको बस दुर्घटनामा ज्यान गुमाएका ६ र घाइते १८ जनाको पहिचान खुलेको छ। रुपन्देहीका सालझन्डिबाट पाल्पाको रैनादेवी छहरा-८ खुर्सानेतर्फ गइरहेको बस मधुवनमा दुर्घटना भएको थियो।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

काठमाडौं- पाल्पामा बिहीबार राति भएको बस दुर्घटनामा ज्यान गुमाएका ६ र घाइते १८ जनाको पहिचान खुलेको छ। रुपन्देहीका सालझन्डिबाट पाल्पाको रैनादेवी छहरा-८ खुर्सानेतर्फ गइरहेको बस मधुवनमा दुर्घटना भएको थियो।

बस दुर्घटनामा एकै गाउँका ६ जना महिलाको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ४५ वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री ५४ वर्षीया खेमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे र १९ वर्षीया विमा पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। उनीहरूको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष रेमबहादुर रानाले बताए। 

दुर्घटनामा घाइते भएका १८ जनाको बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र जितगढीको एडमन सिटी हस्पिटलमा उपचार भइरहेको छ।

घाइते हुनेहरू पनि रैनादेवी छहारा-८ का हुन्। घाइतेमा २२ वर्षीया श्रेया राना, निजको १८ महिनाको छोरी दिपसन राना, २५ वर्षीया चुमा घर्ती, ४१ वर्षीय रामबहादुर बस्नेत, २२ वर्षीय सूर्यबहादुर रेश्मी, चालक ३२ वर्षीय चेतबहादुर दर्जी, ७२ वर्षीया पूर्णकला दर्जी, ६० वर्षीया यमकला रास्कोटीको उपचार भइरहेको छ।

यस्तै ३९ वर्षीया यमकला पाण्डे, २३ वर्षीया लालकुमारी पाण्डे, ७ वर्षीय सुरज घिमिरे, ३५ वर्षीया तुलसा पाण्डे, २६ वर्षीया लिला गाँहा, ९ वर्षीया अप्सना रास्कोटी, ३५ वर्षीया पवित्रा भनिने फर्सिकला पाण्डे, २८ वर्षीया लिमकली पाण्डे निजकी छोरी ३ महिनाकी आर्या पाण्डे र ७३ वर्षीया श्यानिकला पाण्डे रहेका छन्।

प्रकाशित: Jan 06, 2023| 10:42 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।