काठमाडौं- गए राति पाल्पामा भएको बस दुर्घटनामा निधन भएकाहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
प्रधानमन्त्री दाहालले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका हुन्। उनले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्।