काठमाडौं- कास्कीको पोखरा महानगरपालिका–२७ मा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ। स्थानीय २९ वर्षीय दीपक परियारको मृत्यु भएको हो।
हिजो बेलुका करिब साढे ७ बजे ढुंगा बोकेको ग१त ५२९२ नम्बरको ट्याक्टरबाट खसेर परियार गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा पश्चिम क्षेत्रीय अस्पतालमा हिजै बेलुका ८ बजे मृत्यु भएको जनाइएको छ।
उक्त ट्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको छ।